FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

व्यवसाय दर्ता गर्दा आवस्यक कागजपत्र हरु:

  • नागरिताको प्रतिलिपि
  • २ पर्ती फोटो
  • कर चुक्ता परमाणपत्र
  • उद्योग बाणिज्य मा दर्ता भएको परमाण पत्र
  • स्थायी लेखा नम्बर
  • वडा कार्यालयको सिफारिस

जेष्ठ नागरिक परिचयपत्र बनाउन आवश्यक कागज पत्रहरु:

  • निबेदन
  • नागरिताको प्रतिलिपि
  • दुई पार्टी PP size फोटो
  • ६० बर्ष उमेर पुगेको हुनु पर्ने

योजनाको भुक्तानी लिन आउदा चाहिने कागज पत्र हरु :

  • रकम र योजना खुल्ने निवेदन
  • प्राविधिक स्टिमेट (लागत अनुमान)
  • कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
  • नापी किताब र योजना किताब
  • खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (रु२० हजार माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)
  • उपभोक्ता समितिको बैठकका निर्णयका प्रतिलिपीहरु र रकम भुक्तानीका लागि उपभोक्ता समितिको निर्णय प्रतिलिपि
  • योजनाको प्रष्ट देखिने फोटोहरु
  • अनुगमन समितिको प्रतिवेदन
  • आयोजनामा लागेको खर्च सार्वजनिक सुनुवाई गरेको प्रतिलिपि (सामाजिक परीक्षण, जनलेखा परीक्षण प्रतिवेदन)
  • सम्बन्धित वडा कार्यालयको सिफारिश
  • ढुवानी गर्दा गाडीमार्फत गरेको भए सो गाडीको ब्लुबुक र सवारी चालकको लाइसेन्सको प्रतिलिपी
  • डोजर/स्काभेटर मार्फत काम गरेको भए डोजर प्रयोग गर्नुपर्नाको कारण सहित कार्यपालिकाको कार्यालयबाट स्वीकृति प्राप्त पत्रका साथमा ब्लुबुक र चालकको लाइसेन्सको प्रतिलिपि
  • रु.१,००,०००।- (एक लाख) भन्दा बढी रकमको डोजर/स्काभेटर मार्फत काम गरेको भए कम्तिमा ३ वटा डोजर/स्काभेटरको कोेटेशन मार्फत घटाघटको आधारमा छनौट गरेको  हुनुपर्नेछ ।