Submitted on: Wed, 03/07/2018 - 15:44
- रकम र योजना खुल्ने निवेदन
- प्राविधिक स्टिमेट (लागत अनुमान)
- कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
- नापी किताब र योजना किताब
- खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (रु. २० हजार माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)
- उपभोक्ता समितिको बैठकका निर्णयका प्रतिलिपीहरु र रकम भुक्तानीका लागि उपभोक्ता समितिको निर्णय प्रतिलिपि
- योजनाको प्रष्ट देखिने फोटोहरु
- अनुगमन समितिको प्रतिवेदन
- आयोजनामा लागेको खर्च सार्वजनिक सुनुवाई गरेको प्रतिलिपि (सामाजिक परीक्षण, जनलेखा परीक्षण प्रतिवेदन)
- सम्बन्धित वडा कार्यालयको सिफारिश
- ढुवानी गर्दा गाडीमार्फत गरेको भए सो गाडीको ब्लुबुक र सवारी चालकको लाइसेन्सको प्रतिलिपी
- डोजर/स्काभेटर मार्फत काम गरेको भए डोजर प्रयोग गर्नुपर्नाको कारण सहित कार्यपालिकाको कार्यालयबाट स्वीकृति प्राप्त पत्रका साथमा ब्लुबुक र चालकको लाइसेन्सको प्रतिलिपि
- रु.१,००,०००।- (एक लाख) भन्दा बढी रकमको डोजर/स्काभेटर मार्फत काम गरेको भए कम्तिमा ३ वटा डोजर/स्काभेटरको कोेटेशन मार्फत घटाघटको आधारमा छनौट गरेको हुनुपर्नेछ ।