FAQs Complain Problems

मदाने गाउँपालिकाको सन्क्षिप्त परिचय

Image: 
मदने गाउँपालिका को नक्शा


नेपालको लुम्बिनी अञ्चल र राप्ति अञ्चलको सिमानामा अवस्थित र भौगोलिक विभाजन अनुसार पहाडी प्रदेशमा रहेको यो गाउँपालिकाको पृष्ठभुमि गुल्मी जिल्लासँगै आउँछ। मनोरम पहाडी संरचनाले भरिपूर्ण यो गाउँपालिकाको उच्च पहाडी क्षेत्रको विचमा यत्रतत्र छरिएर रहेका समथर बेँसी र पहाड विविध भौगोलिक बनावटले गाउँपालकाको सुन्दरतालाई वृद्धि गर्न मद्धत गरिरहेका छन्। यसका साथै यो क्षेत्र समग्र देशको सुन्दर पहाडी आकर्षणयुक्त भुगोलहरुको प्रतिविम्ब हो । गुल्मी जिल्लाको पश्चिमी भागमा ९४.५२ वर्ग कि. मि क्षेत्रफ़ल् ओगटेको यस गाउँपालिकामा २००२२ जनसंख्या रहेको छ | अग्लुङ्ग, बाझकटेरी, भनभने, मलागिरी , म्यालपोखरी, पुर्कोट दह र सिर्सेनी गा.वि.स. मिलेर बनेको यो गाउँपालिकामा कंके देउराली,रोल्मा तिखेचुली,पुर्कोटकोट, मदाने लेक,टोप्रे लेक, पुर्कोट दह, जस्ता धार्मिक तथा पर्येटकीय स्थल रहेका छन् |